Thursday, January 21, 2016

पहाडमा हिउँपर्दा तराईमा चिसो बढ्यो

सुदूरपश्चिम पहाड जिल्लामा हिउँ पर्दाको तराईको जिल्ला कैलाली र कञ्चनपुरमा अत्याधिक चिसो बढेको छ ।
अत्तरियास्थित जल तथा मौसम विज्ञानको फिल्ड कार्यालयले बिहीबार दिउँसो र बिहानको अत्याधिक तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
सदूरपश्चिमका पहाडी जिल्लामा हिउँ परेकोले पनि तराईमा चिसो हावा चलेको छ । जसका कारण चिसो बढेको छ । हुस्स र कुहिरोले पनि शीत परेको छ । घामको झुल्को समेत देखिएको छैन ।
चिसोले गर्दा घर बाहिरको काम गर्न गाह्रो भएको  अधिकांश स्थानीयले बताए ।
धनगढी-४ का प्रविल महराले भने, ‘चिसोले घर बाहिरको काम गर्नै सकिएको छैन । बजारमा चिसोले अन्य दिनको तुलनामा चहलपहल कम छ । बजारमा दिनज्यालादारी गर्ने मजदुर समेत सडक छेउमा आगो बालेर बस्न पुगेका छन् । सबैभन्दा बढी कैलाली जिल्लामा मुक्त कमैया तथा सुकुम्मवासी परिवार बढी प्रभावित भएका छन् ।'


No comments:

Post a Comment