Thursday, January 21, 2016

नेपाली जामे मस्जिदका अध्यक्षको निधन

नेपाली जामे मस्जिदका अध्यक्ष अमर अली फरिद खानको ४२ वर्षको उमेरमा मृत्यु भएको छ । क्यान्सरबाट पीडित खानको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा बुधबार अपराह्न निधन भएको मस्जिदका सचिव मन्सुर हुसैनले बताए ।
खानको आज २ बजे स्वयम्भूस्थित कब्रस्तानमा इस्लामिक परम्परा अनुसार समाधिस्थ गरिने छ । उनको शवयात्रा मस्जिद घण्टाघरबाट साढे १ बजे सुरु हुनेछ । उनी दोस्रोपटक मस्जिदको अध्यक्ष थिए ।
उनी चाबहिल निवासी हुन् ।


No comments:

Post a Comment