Thursday, January 21, 2016

'डिप लभ’का लागि 'डिप केय

'डिप लभ’का लागि 'डिप केयर’प्रेम गर्ने हो भने मायाको गहिराइ बुझेर मात्र गर्नुपर्छ नत्र माया नलाएकै बेस । 'डिप लभ'का लागि 'डिप केयर' तथा 'डिप रेस्पेक्ट' पहिलो सर्त हो ।
- आफूले माया गरेको मान्छे रिसाउँछ भने फकाउन जान्नुपर्छ । आफू पनि रिसायो भने कुरा अझ बिग्रन्छ । हँसाएर उसलाई मनाउने प्रयत्न गर्नुपर्छ ।
- सम्बन्ध बनाउनभन्दा बिगार्न सजिलो छ, जब सम्बन्ध बिग्रन्छ, मुटु छियाछिया हुन्छ । त्यसैले प्रेमसम्बन्ध बनाउनुभन्दा अघि पर्याप्त सोचविचार गर्नु राम्रो हुन्छ ।
- अचेलविपरीत लिङ्गीप्रतिको आकर्षणलाई प्रेम मान्नेहरू धेरै छन् । यद्यपि प्रेममा आकर्षण हुँदैन, मात्र प्रेम हुन्छ ।
- प्रेम गर्दा फलानोले के भन्छ ? ढिस्कानोले के भन्छ ? भनेर लोकलाजको डर मान्नुहुन्छ भने तपाईं प्रेमका लागि योग्य हुनुहुन्न ।

No comments:

Post a Comment