प्रहरीले गौर ९ का रामप्रवेश यादवलाई पक्राउ गरेपछि गिरोहको अन्य समूहका बारेमा खुलासा भएको हो । यादवको साथबाट १ हजारको नक्कली नोट र केही गाजा समेत बरामद गरेको छ ।
यादवकै बयानको आधारमा धनुषा देउपुरा ७ का मनोजकुमार महतो, गौर नगरपालिका ४ का जुगलकिशोर कुशवाह, सखुअवा धमौरा ३ का नारायण चौधरी, चन्द्रपुर नगरपालिका १३ बलुवाका ओसी महम्मद र भारत घोडासाहनका अभयकुमारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
तराई मधेसमा जारी आन्दोलनको मौका छोपी यो गिरोह नक्कली नोट छाप्न सक्रिय थियो ।
उनीहरुको साथबाट नक्कली नोट मोबाइल, मोटरसाइकल, साइकल, नक्कली नोट बनाउन प्रयोग हुने मसी बरामद गरेको छ । प्रहरी निरीक्षक रामप्रकाश चौधरीको टोलीले गिरोहमध्येकै नारायण चौधरीको धमौरा स्थित घर भित्र जमिन मुनि गाडेको अवस्थामा नक्कली नोट फेला पारेको थियो ।
चौधरीले एक महिनादेखि नक्कली नोट बनाउन लागेको प्रहरीसमक्ष बताएका छन् । नक्कली नोट बनाए पनि बजारमा ल्याउने तयारी गरिरहेको बेला पक्राउ परेको उनीहरुले ।
सुरुमा बजारमा १ हजारको नक्कली नोटसहित यादव पक्राउ परेपछि अनुसन्धानलाई तीव्रता दिइएको जिल्ला प्रहरी प्रमुख एसपी गणेशराज रेग्मीले बताए । गिरोहले नक्कली नोट भारतीय बैरगनिया बजारमा समेत प्रयोग गरेको खुलेको छ ।
नक्कली नोट पशु बजार, जुवा तास, ईटा उद्योग, ईन्धन खरिदमा प्रयोग हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
No comments:
Post a Comment