Thursday, January 21, 2016

भूकम्पपछि गएको पहिरोले ल्याएको ढुंगाले घर बनाउन सहज

गत बैशाख १२ गते आएको भूकम्पपछि गएको पहिरोले ल्याएका ढुंगाले यतिखेर केरौंजावासीलाई घर निर्माण र मर्मत गर्न सहज भएको छ । हुन पनि बस्तीमाथिबाटै खसेको सिंगो पहिरोबाट आएको चिटिक्क कुना मिलेका इँट्टा जस्ता विभिन्न आकारका ढुंगा बस्ती मै पुऱ्याएको छ ।
भूकम्पले भत्केका घरनिर्माण र मर्मतका लागी केरौंजावासीलाई ढुंगा बोक्न न कुनै खानी खन्न परेको छ न ढुंगा खोज्दै हिँड्नु परेको छ । दार-काठको चिन्ता भएपनि पुरै बस्तीले रोजेरै ढुंगा पाएका छन् ।
 
‘भूकम्प पछि थपिएका घरधुरी सहित बस्तीका ८ सय ८४ घरधुरीका अधिकांब दारकाठ काम नलाग्ने भएको छ । टाढाको जंगल, दारकाठको निकै सास्ती छ,’ स्थानीय युवा जयबहादुर गुरुङले भने ।
सिकर्मी र डकर्मीको माग बढ्यो
केरौंजाका सिकर्मी र डकर्मीहरु सिपालु भएकै कारण पर्यटकीय क्षेत्र मुस्ताङ र मनाङमा निकै माग छ । वर्षका धेरैजसो महिनाहरु केरौंजावासीका सिकर्मी र डकर्मीहरु मनाङ गएर दैनिक ८ देखि १२ सय रुपैयाँसम्ममा ज्याला मजदुरी गर्ने गर्छन् ।
तर यसपाली उनीहरु कमाई गर्न कतै जान पाएनन् । हरेक वर्ष कमाई गर्न अर्को जिल्ला पुग्ने बस्तीका परम्परागत सीप भएका सिकर्मी र डकर्मीलाई अहिले आफ्नै बस्तीमा भ्याई नभ्याई छ ।
भूकम्पले भत्काएका घर मर्मत र पुनर्निनिर्माण गर्न सिकर्मी र डकर्मीका कुरै छोडौं डोकोमा ढुंगा बोक्ने जनशक्तिको पनि माग ह्वात्तै बढेको छ भूकम्प पीडित गोरखाको विकट केरौंजा लगायतका गाउँघरमा ।
'अरु जिल्ला जस्तो आफ्नो बस्तीमा कमाई हुँदैन । आफनै बस्तीमा भ्याई नभ्याई छ, अरुको जिल्ला के जानु ?' विगत ८ वर्षदेखि हिमाली पर्यटकीय जिल्ला मनाङ गइरहने सिकर्मी लोकबहादुर घलेले भने ।
सरकारले दिएको नक्साबारे अनभिज्ञ छन् केरौंजाबासी
भूकम्पले भत्केका घर पुनर्निर्माणमा सरकारले २ लाख सहयोग गर्ने कुरा मात्रै सुनेका भूकम्प पीडितहरु भूकम्प प्रतिरोधक घरका नक्सा वितरण गर्ने, प्राविधिकहरुकै रेखदेखमा घरनिर्माण गर्नु पर्ने र सरकारले १७ वटा भूकम्प प्रतिरोधक घरका नक्सा जिल्ला जिल्लाहरुमा पठाएको कुरा कसैलाई पनि थाहा नभएको बताउँछन् ।
गोरखाको विकट बस्ती केरौंजाको गुरुङ बस्ती अहिले धमाधम पुनर्निर्माणको चरणमा जुटेको छ । ३ सय ८८ घरधुरीको पुरैबस्ती भूकम्प पछिको पहिरोले कामै नलाग्ने बनाई दिए पछि अहिले केरौंजावासीहरु ठाडैकान्लामा पर्खाल उठाएर टहरा निर्माणमा जुटेका छन् ।
घर निर्माण गर्दा प्राविधिकको सल्लाहले भूकम्प प्रतिरोधक घर निर्माण गर्नुपर्छ भन्ने हेक्का समेत कसैलाई छैन । अस्थायी टहरा निर्माणमा संघसंस्थाहरुले हेलिकप्टरबाट ढुवानी गरेका जस्तापाताले पुरैबस्ती टिलिक्कै भएको छ ।


No comments:

Post a Comment